नेपालीको प्रत्येक घरमा बत्ति बल्ने-उर्जामन्त्री शाही

<p>काठमाडौं । नेपालमा उर्जा क्षेत्रलाई आमुल परिवर्तन गरेर नेपालीको प्रत्येक घरमा बत्ति बल्ने उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर्ता बढाउने प्रतिबद्धता जनाए । बिद्युत खपत गरेर कार्य गर्न सके लोडसेडिङको अन्त्य हुने बिहिबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रमा उर्जामन्त्री शाहीले बताए । उनको भनाई अनुसार देशमा विद्युत चोरी हुने, ट्रान्सफर्मर [&hellip;]</p>

काठमाडौं । नेपालमा उर्जा क्षेत्रलाई आमुल परिवर्तन गरेर नेपालीको प्रत्येक घरमा बत्ति बल्ने उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर्ता बढाउने प्रतिबद्धता जनाए ।

बिद्युत खपत गरेर कार्य गर्न सके लोडसेडिङको अन्त्य हुने बिहिबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रमा उर्जामन्त्री शाहीले बताए । उनको भनाई अनुसार देशमा विद्युत चोरी हुने, ट्रान्सफर्मर पड्किने, विद्युत चुहावट हुने लगायतका समस्याले गर्दा मुलुकले लोड्सेडिङको सामना गर्नु परेको छ ।

बत्तिको पावर धेरै गएको कारणले गर्दा पनि नेपालले लोडसेडिङबाट मुक्ति पाउन नसकेको जानकारी दिइएको छ । साथै, अबको १ हप्तामा नेपालीले विद्युतिय महसुल तिर्न अनलाईनबाट नै मिल्ने कार्यक्रममा जानकारी दिइएको छ ।

उर्जालाई उत्पादन वृद्धि गर्न उपभोक्ताहरुले फ्यान, बत्ति, घरायासी मेसिनहरु लगायतका वस्तुहरु कम पावरबाट चल्ने तरिकाले प्रयोग गरेमा लोडसेडिङको अन्त्य हुने उर्जा मन्त्री शाहीले बताए । उनले देशमा भएका स्रोत र साधनलाई न्यायोचित ढंगले परिचालन गर्नुको साथै बाह्य पूँजीलाई ल्याउन सकेमा देश आर्थिक रुपमा समुन्नत बन्नुको साथै नेपाल लोडसेडिङ मुक्त बन्ने बताए ।

हालसालैको कुरामा भने प्राविधिक गडबडीले गर्दा तथा ट्रान्सर्फमर फेर्दा भने बत्ति नआउने सम्भावना रहने जानकारी कार्यक्रममा दिइएको छ । साथै, बुढीगण्डकी जलविद्युत आयोजनालाई १६ अर्ब मौज्दात दिइसकेको, १० अर्व निकासा भएको तथा ६० अर्बमा पुरा काम सम्पन्न हुने जानकारी दिइएको छ । यदि कार्य समय सिमामा सम्पादन भएन भने उक्त आयोजना रद्द हुने जानकारी दिइएको छ ।

 

 

Share News