काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय साउन १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकको निर्णय अनुसार कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशतका दरले १२ करोड २० लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो ।
साथै, सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि आवश्यक नगद लाभांश प्रस्ताव गरि बीमा समितिको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाठ अनुमोदन भएपश्चात उक्त लाभांश दिने कम्पनीले जनाएको छ ।