काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पूर्ब क्षेत्रका शाखाहरुमा काम गर्ने कर्मचारीहरुलाई मूल्य श्रृंखलामा आधारित वित्तीय सेवा सम्बन्धी तालिम प्रदान गरेको छ । फाइनान्सले उन्नति परियोजना अन्तर्गत वित्तीय पहुँच बृद्धि गर्ने तथा कृषि उत्पादन बृद्धि गर्नका लागि ज्ञान दिलाउने उद्धेश्यले उक्त सेवा सम्बन्धी तालिम प्रदान गरेको हाे । उक्त तालिमको उद्घाटन सुनसरी जिल्लाको इटहरी स्थित होटल पेरिसमा प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले शनिवार गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कोनाजोले वित्तीय संस्थाको पहुँच देशभर पुर्याउने लक्ष्यका साथ वित्तीय संस्थाले काम गर्दै आएको कुरा व्यक्त गरेका छन् ।
एनएमबि माइक्रोफाइनान्सले हाल देशभर ६७ वटा शाखा तथा उपशाखाहरु खोली ६०,००० भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्ध गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । देशका अधिकांश भूभागहरु ग्रामीण क्षेत्रले ओगटेको र सो क्षेत्रका विशेष गरी महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडी परेकोले उनीहरुको जीवनस्तर माथि उकास्नका लागि कर्मचारीहरुलाई प्रदान गरिएको यस तालिमले सदस्यहरुलाई कृषि उद्यमी तथा सरोकारवालाहरुको पहिचान गरी कृषि उत्पादनको विकासमा सहयोगी सिद्ध हुने कुरा बताएका छन् ।
सो तालिम २ दिनकोे २ चरणमा संचालन हुने वित्तीय संस्थाको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरु गरी ६० जना कर्मचारीहरुको सहभागिता रहने छ । उक्त तालिममा श्रोत ब्यक्तिको रुपमा श-शक्तिकरण तथा विकास केन्द्र नेपालका डा. नरहरी ढकाल र लक्ष्मण न्यौपाने रहेका छन् ।