महालेखापरीक्षकको कार्यालयले सार्वजनिक वृत्त व्यवस्थापनमा अनियमतिता भएको चाल पाएमा तत्काल विशेष लेखापरीक्षण गर्ने

<p>काठमाडौं । अब महालेखापरीक्षकको कार्यालयले सार्वजनिक वृत्त व्यवस्थापनमा अनियमितता गरेको थाहा पाएमा जोखिमको गाम्भिर्यता हेरेर तत्काल विशेष लेखापरीक्षण गर्ने भएको छ । सार्वजनकि सेवा प्रवाहमा अनियमतिता, हिनामिना तथा हानी नोक्सानी र भ्रष्टाचार भएको चालपाएमा तत्काल लेखापरीक्षण गर्ने कार्ययोजना बनाएको महालेखा परीक्षक टंकमणी शर्माले बताए । ‘यस्ता जोखिम रहेका क्षेत्रको पहिचान गरी वित्ती य कार्यमूलक, परिपालना [&hellip;]</p>

काठमाडौं । अब महालेखापरीक्षकको कार्यालयले सार्वजनिक वृत्त व्यवस्थापनमा अनियमितता गरेको थाहा पाएमा जोखिमको गाम्भिर्यता हेरेर तत्काल विशेष लेखापरीक्षण गर्ने भएको छ ।

सार्वजनकि सेवा प्रवाहमा अनियमतिता, हिनामिना तथा हानी नोक्सानी र भ्रष्टाचार भएको चालपाएमा तत्काल लेखापरीक्षण गर्ने कार्ययोजना बनाएको महालेखा परीक्षक टंकमणी शर्माले बताए । ‘यस्ता जोखिम रहेका क्षेत्रको पहिचान गरी वित्ती य कार्यमूलक, परिपालना तथा विशेष लेखापरीक्षण गरिने छ, ’ उनले भने यसले अनियमिता न्यूनिकरण गर्न विशेष भुमिका खेल्ने छ भने अझ बढ्ने सक्ने भष्टा«चार तथा अनियमितता रोकिन सक्छ । ’

यसका लागि जोखिमको गाम्भिर्यताको आधारमा लेखापरीक्षणको कार्यदक्षता र प्रभावकारिता कायम गर्न सामयिक अनुसन्धानात्मक लगायत लेखापरीक्षणका विविध वैज्ञानिक तरिका अमलम्बन गरिने उनको भनाइ छ ।  परियोजनाको प्रकृति, स्रोत साधनको परिचालन लगायतका विषयलाई प्राथमिकतामा राख्ने छ । ‘ अब अडिट प्रणाली नयाँ ढंगबाट लैजाने उनले बताए । ‘ अब अडिट रिपोर्टमा एकतिर कोलममा राज्यबाट स्रोत साधनको परिचालन देखि जनशक्ति राखिएको हुन्छ भने अर्को कोलममा यसबाट निष्किएको आउटपुट राखिन्छ,’ उनले भने ‘ यसबाट कति खर्च भएर देश कति लाभान्वित भयो भन्ने कुरा प्रष्टै देखिन्छ ।’

कार्यालयले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका १० जिल्ला र काठमाडौं उपत्ककाको लेखापरीक्षण आजैदेखि शुरु गरिएको धुलिखेलमा आयोजित संचारकर्मीसँगको छलफलमा शर्माले बताए । कार्यालयले गएको वर्ष ४ हजार ५ सय सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्नुपर्नेमा २ हजार ५ सयको मात्र गरेको थियो । तर, यस वर्ष भने सबै सरकारी तथा सार्वजनकि निकायको लेखापरीक्षण गर्ने छ । अर्को वर्षदेखि स्थानीय तहको लेखापरीक्षण समेत महालेखाले गर्नुपर्ने भएकाले १ सय ७८ जना अडिटर अत्पकालीनका लागि नियुक्त गर्ने छ । उनीहरूको कार्यअवधि कम्तीमा ४५ दिनदेखि २ महिनासम्म हुने कार्यालयले बताएको छ ।

Share News