पाँचौ वार्षिकोत्सवको अवसरमा एनआईविएल क्यापिटलद्धारा रक्तदान कार्यक्रम सम्पन्न

<p>काठमाडौं । एनआईविएल क्यापिटल मार्केट्स लि.ले आफ्नो संस्थापनको पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, क्यापिटलले लगानी व्यवस्थापन सम्बन्धी सचेतनात्मक क्रार्यक्रम लगायत अनाथ बालबालिकाको लागि आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लि.को सहायक कम्पनीको रुपमा २०६९ साल श्रावण १५ गते कारोबार शुरु गरेको यस संस्थाले मर्चेन्ट बैकिङ्ग [&hellip;]</p>

काठमाडौं । एनआईविएल क्यापिटल मार्केट्स लि.ले आफ्नो संस्थापनको पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै, क्यापिटलले लगानी व्यवस्थापन सम्बन्धी सचेतनात्मक क्रार्यक्रम लगायत अनाथ बालबालिकाको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लि.को सहायक कम्पनीको रुपमा २०६९ साल श्रावण १५ गते कारोबार शुरु गरेको यस संस्थाले मर्चेन्ट बैकिङ्ग तथा सामुहिक लगानीकोष अन्तर्गत कोष व्यवस्थापनको कार्य गर्न नेपाल धितोपत्र वोर्डबाट स्वीकृती प्राप्त गरेको छ । यस कम्पनीले निक्षेप सदस्यको रुपमाकार्य गर्न नेपाल धितोपत्रबोर्ड तथा सिडिएस एण्ड क्लियरिङ्गलि. बाट समेत स्वीकृती प्राप्त गरेको छ ।

यस संस्थाले बैंक, बीमा, होटल लगायत ट्रेडिङ्ग कम्पनी गरी जम्मा३० वटा संस्थाका करिव ५ लाख ७२ हजार ३०० शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आएको छ भने सामुहिक लगानीकोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड-१ र एनआईबिएलप्रगति फण्ड गरी जम्मा २ वटा बन्दमुखी योजनाहरु संचालनगर्दै आइरहेको छ । साथै,  निकट भविष्यमा सामुहिक लगानीकोष अन्तर्गत खुलामुखी योजना संचालन गर्ने, आफुले प्रदान गर्दै आइरहेका सेवाहरु देशको विभिन्न जिल्लाहरुबाट उपलब्ध गराउन आफ्नो शाखा कार्यालयहरु विस्तार गर्ने, एस क्यापिटललाई प्राप्ति गर्ने तथा संस्थागत परामर्शदाताको कार्यहरु समेत शुरु गर्ने लक्ष्य राखेको छ ।

एनआईविएल क्यापिटलले निक्षेप सदस्यहरुमा अग्रणी स्थानमा रही एक लाखभन्दा बढी हितग्राही खाता सञ्चालन गर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ ।

Share News