नेप्से ९ अंकले उक्लियो, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

<p>काठमाडौं । सोमबार नेप्से परिसूचक ९ दशमलब ४१ अंकले उकालो लागेर १६५२ दशमलब ६९ अंकमा पुगेको छ । बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको १६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार ५ कम्पनीका सेयर मूल्य झण्डै १० प्रतिशतले बढेका छन् । [&hellip;]</p>

काठमाडौं । सोमबार नेप्से परिसूचक ९ दशमलब ४१ अंकले उकालो लागेर १६५२ दशमलब ६९ अंकमा पुगेको छ । बजारमा एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५५ कम्पनीको १६ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ ।

सोमबार ५ कम्पनीका सेयर मूल्य झण्डै १० प्रतिशतले बढेका छन् । सो दिन नेशनल फाइनान्स वित्तिय संस्थाको र तारागाउँ रिजेन्सि होटल दुबै संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन डिस्टिलरी, श्री इन्भेष्टमेन्ट फाइनान्स र ओरियन्टल होटलको सेयर मूल्य ९.९५, ९.९१ र ९.८९ प्रतिशतले बढेको छ ।

त्यस्तै, बजारमा सबैभन्दा बढी सानिमा बैंकको ४ करोेड ५१ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९७ रुपैयाँ रहेको छ ।

Share News