काठमाडौं । पुँजी बजारमा १४ कम्पनीले झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । हालसम्म १४ कम्पनीले ३ करोड ३५ लाख १४ हजार २९० कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् ।
जसमा १२ वटा विकास बैंक र २ जलविद्युत समूहको साधारण सेयर पाइपलाइनमा रहेका छन् । पाइपलाइनमा रहेका सबै कम्पनीले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् ।
त्यस्तै, बजारमा पाँच कम्पनीको एक करोड ७१ लाख ३० हजार ७२८ कित्ता थप निष्कासन (एफपीओ) आउने प्रकियामा छन् । प्रिमियर इन्योरेन्स कम्पनीको ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ आउँदै छ । यस कम्पनीको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
बटवल पावर कम्पनीले ४० हजार ८१ हजार कित्ता एफपीओ एनएमबी क्यापिटल एण्ड लक्ष्मी क्यापिटल मार्केटबाट निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ ।
त्यसैगरी, नेपाल ग्रामीण विकास बैंकको ९ लाख ७५ हजार कित्ता र एनएमबी बैंकको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ आउने प्रक्रियामा छन् । सो मात्राको एफपीओ निष्कासन गर्न यी दुई बैंकले आफ्नो बिक्री प्रवन्धकमा क्रमशः प्रभु क्यापिटल र सिटिजन्स इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेका छन् ।
आइपीओ अनुमति माग्ने १४ कम्पनी:



