काठमाडौं । मंगलबारको सेयर बजारमा ६ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।
सो दिन नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ३०५८ रुपैयाँ र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता २८२७ रुपैयाँ रहेको छ ।
त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य प्रतिकित्ता ९.९६ प्रतिशतले बढेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०४२ रुपैयाँ रहेको छ । त्यसैगरी, कुबेर मर्चेन्ट फाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य क्रमशः ९.९५ र ९.९३ प्रतिशतले बढेको छ ।
मंगलबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.६२ प्रतिशतले घटेको छ । बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ रहेको छ ।
समग्रमा मंगलबारको नेप्से परिसूचक ७ दशमलब ५६ अंकले बढेर १६६० अंकमा पुगेको छ । सो दिन एक अर्ब ४ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ७ करोढ रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४४ अंकले बढेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ४३ र १६ अंकले बढेको छ । मंगलबार बीमा समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ ।