पोखरा फाइनान्सले नौ लाख ८३ हजार कित्ता एफपीओ निष्कासन गर्दै, साउन २९ देखि आवेदन खुला

<p>काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता फरदर पब्लिक इस्यू (एफपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति साधारण सेयरको मूल्य १०० रुपैयाँमा प्रीमियमबापत १२० रुपैयाँ थप गरेर प्रति कित्ता २२० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । यसको एफपीओका लागि न्युनतम १० कित्ता देखि अधिकतम ४ हजार ९ सय कित्ता [&hellip;]</p>

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता फरदर पब्लिक इस्यू (एफपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति साधारण सेयरको मूल्य १०० रुपैयाँमा प्रीमियमबापत १२० रुपैयाँ थप गरेर प्रति कित्ता २२० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो ।

यसको एफपीओका लागि न्युनतम १० कित्ता देखि अधिकतम ४ हजार ९ सय कित्ता सम्म आवदेन दिन पाइने छ । यसको आवेदन दिन यही साउन २९ देखि छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गतेसम्मको समय निर्धारण गरिएको छ ।

कम्पनीको एफपीओमा यसका संस्थापक सेयरधनीले आवेदन दिन नपाउने पनि उल्लेख छ । यसको आवेदन सबै आस्वा प्रणाली स्वीकृत बैंक तथा वित्तिय संस्थाबाट गर्न सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेकाे छ ।

Share News