चार कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?

<p>काठमाडौं । बुधबार मात्रै चार बैंक तथा वित्तीय संस्थाको २ करोड ८ लाख ५६ हजार ७६३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको गरी सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ [&hellip;]</p>

काठमाडौं । बुधबार मात्रै चार बैंक तथा वित्तीय संस्थाको २ करोड ८ लाख ५६ हजार ७६३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको गरी सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ००५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।

त्यसैगरी, नेप्सेमा तिनाउ विकास बैंकको ११ लाख ९४ हजार ७९६ कित्ता र टुरिजम डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

Share News