सेयर बजारमा एक अर्ब माथिको कारोबार

<p>काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको २१ लाख ६४ हजार कित्ता सेयर एक अर्ब ३ करोड ९० लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन १५७ कम्पनीको २१ लाख ६४ हजार कित्ता सेयर एक अर्ब ३ करोड ९० लाख रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०४६ रुपैयाँ रहेको छ ।

बजारमा चार समूह उकालो लागेका छन् भने बाँकी चार समूहको परिसूचक ओरालो लागेको छ । फाइनान्स, होटल, डेभलपमेन्ट बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३१, १४, १२ र १.५६ अंकले उकालो लागेको छ । त्यस्तै, बीमा, उत्पादनमूलक, हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः ४९, ३, २ र ०.५८ अंकले ओरालो लागेको छ ।

बुधबार कमाउने उत्कृष्ट १० कम्पनी

समग्रमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक २ दशलमब ४९ अंकले बढेर १६६२ दशमलब ७४ अंकमा पुगेको छ ।

बुधबार सबैभन्दा बढी यूनाईटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्सको सेयर मूल्य ४.४७ प्रतिशतले घटेको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२८० रुपैयाँ रहेको छ ।

Share News