नागरिक लगानी कोषको वार्षिक साधारणसभा भदौ १६ गते, कहिले देखि बुक क्लोज ?

<p>काठमाडौं । नागरिक लगानी कोषको २१औँ वार्षिक साधारणसभा आगामी भदौ १६ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन २७ गतेदेखि भदौ १६ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । उक्त सभा सम्बन्धि निर्णय कम्पनीको साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।सभामा कोषले २३ प्रतिशत लाभांश दिने कम्पनीको विशेष प्रस्ताव [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषको २१औँ वार्षिक साधारणसभा आगामी भदौ १६ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन २७ गतेदेखि भदौ १६ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ ।

उक्त सभा सम्बन्धि निर्णय कम्पनीको साउन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।सभामा कोषले २३ प्रतिशत लाभांश दिने कम्पनीको विशेष प्रस्ताव लैजाँदै छ । यस संस्थाले २१.८५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

यस संस्थाको चुक्ता पुँजी ६० करोड ७५ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य करिव ४ हजार ४९० रुपैयाँ रहेको छ ।

Share News