काठमाडौं । नेपाल एसबिआई बैंकको आगामी साउन ३१ गते बुक क्लोज हुने भएको छ । बैंकले विशेष साधारणसभा प्रयोजनको लागि उक्त दिन कम्पनीको दर्ता पुस्तक बन्द(बुक क्लोज) गर्न लागेको हो ।
उक्त निर्णय असार ४ गते बसेको कम्पनीको ४०८औँ बैठकले गरेको छ । बैठकको निर्णय अनुसार बैंकको विशेष साधारणसभा आगामी भदौ १२ गते हुने भएको छ । उक्त सभामा कम्पनीको प्रस्तावित विषयहरुमा छलफल हुने बैंकले जनाएको छ ।