काठमाडौं । अरुण फाइनान्स लिमिटेडले शत प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो फाइनान्सले १ सय रुपैयाँ अंकित १५ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ ।
यसको सेयरको आवदेन आगामी भदौ ६ गतेबाट असोज ९ गतेसम्म रहेको छ । यो वित्तीय संस्थाले १५ करोड चुक्तापुँजीमा सोही बजारबको पुँजी बृद्धिको लागि उक्त हकप्रद निष्कासन गरेको हो ।
यसको सेयर आवेदन दिन गत असार ८ गतेसम्म सेयरका कारोबार गरेका लगानीकर्ताले मात्रै पाउने छन् ।
यसको सेयर आवेदन ग्लोवल आइएमई क्यापिटल, अरुण फाइनान्स, ग्लोवल आईएमईको विभिन्न शाखा कार्यालयबाट गर्न सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड हो ।