देवले साझा विकास बैंकलाई प्राप्ति गर्न बोलायो भदौ १ गते विशेष साधारणसभा

<p>काठमाडौ । राजधानीमा रहेको देवः विकास बैंकले धनगढीमा रहेको साझा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । साझालाई प्राप्ति गर्न देवःले भदौ १ गते विशेष साधारणसभा बोलाएको छ । दुबैं विकास बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीपीए) प्रतिवेदन तयार भइसकेको छ । १ बराबर १ अनुपातमा सेयर आदनप्रदान (स्वाप रेसियो) कायम गर्ने विषयमा सहमति भइसकेको [&hellip;]</p>

काठमाडौ । राजधानीमा रहेको देवः विकास बैंकले धनगढीमा रहेको साझा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।

साझालाई प्राप्ति गर्न देवःले भदौ १ गते विशेष साधारणसभा बोलाएको छ । दुबैं विकास बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन (डीपीए) प्रतिवेदन तयार भइसकेको छ ।

१ बराबर १ अनुपातमा सेयर आदनप्रदान (स्वाप रेसियो) कायम गर्ने विषयमा सहमति भइसकेको छ ।
दुबै बैंकको सभाले पारित गरेपछि प्राप्तिको प्रक्रिया अघि बढने छ ।

चुक्तापुँजी बढाउन देवले साझालाई प्राप्त गर्न लागेको हो । राष्ट्रियस्तरको विकास बैंक बन्न साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउनु पर्ने वाध्यकारी व्यवस्थाका कारण देवले साझालाई खरिद गर्न लागेको हो ।

Share News