काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन काबेली विकास बैंकको र मुक्तिनाथ विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले काबेली विकास बैंककोे ५० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४३९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४८३ रुपैयाँ रहने भएको छ ।
त्यस्तै, नेप्सेले मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ७०४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८४९ रुपैयाँ रहने भएको छ ।