कुबेर मर्चेन्ट फाइनान्सको साधारणसभा भदौ ४ गते, कहिले देखि बुक क्लोज ?

<p>काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको आगामी भदौ ४ गते वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले साउन २१ गतेदेखि भदौ ५ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । कम्पनीले उक्त सभामा फाइनान्सको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, पूँजी वृद्धिका साथै कम्पनीको उद्देश्यहरु संशोधन तथा हेरफेर र [&hellip;]</p>

काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको आगामी भदौ ४ गते वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले साउन २१ गतेदेखि भदौ ५ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ ।

कम्पनीले उक्त सभामा फाइनान्सको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव लैजाँदै छ । त्यस्तै, पूँजी वृद्धिका साथै कम्पनीको उद्देश्यहरु संशोधन तथा हेरफेर र प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ ।

उक्त साधारणसभा सम्बन्धि निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

Share News