काठमाडौं । हाम्रो विकास बैैंकले १ लाख ७१ हजार ३४१ कित्ता संस्थापक सेयरलाई लिलामीमा विक्री गर्ने भएको छ ।
बैंकको गत जेठ ७ गतेदेखि असार ११ गतेसम्म गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नपरेको उक्त सेयर न्युनतम एक सय रुपैयाँ कबोल गर्नुपर्ने गरी लिलामीमा राखेको छ ।
यो बैंकले आगामी भदौ ६ गतेभित्रै आवेदन दिइसक्नुपर्ने गरी उक्त सेयरलाई लिलामीमा राखेको जानकारी दिएको छ । यसको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स हो ।