काठमाडौं । नेपाल ग्रामीण विकास बैंकलाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले सोमबार ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीले जारी गर्न लागेको एफपीओमा कुनै प्रिमियम मूल्य जोडेको छैन । इच्छुक आवेदकले कम्पनीको सो मात्राको एफपीओ १०० रुपैयाँमा नै भर्न पाउने छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४३ रुपैयाँ रहेको छ ।