काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै दिन दुई कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
सुमिट माइक्रोफाइनान्सले शतप्रतिशत(१ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बोर्डको अनुमति अनुसार बैंकले ७ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ७ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ५० प्रतिशत(२ः१ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १९ करोड २२ लाख ८१ हजार २५० रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।