उन्नती माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

<p>काठमाडौं । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्कासन गर्ने अनुमति मागेको हो । कम्पनीले सिद्धार्थ [&hellip;]</p>

काठमाडौं । उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्कासन गर्ने अनुमति मागेको हो । कम्पनीले सिद्धार्थ क्यापिटल मार्फत आइपीओ निष्कासन गर्ने भएको छ ।

Share News