काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको दुई करोड २७ लाख ४६ हजार कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जनता बैंक नेपालको साधारण सेयर र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकको बोनस सेयर गरी सो मात्राकोसेयर सूचिकृत भएको हो ।
बजारमा जनता बैंक नेपालको २ करोड २७ लाख ६ हजार ६८१ कित्ता साधारण सेयर सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वाएर पछि जनता बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै, जनउत्थान सामुदायिक विकास बैंकको ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।