सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबारको नेप्सेमा ८ अंकको गिरावट

<p>काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । केही दिन यता देखि निरन्तर ओरालो लागेको बजार बिहीबार पनि ८ अंकले ओरालो लागेको छ । त्यस्तै, नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबारको बजारमा ९२ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस मध्ये [&hellip;]</p>

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । केही दिन यता देखि निरन्तर ओरालो लागेको बजार बिहीबार पनि ८ अंकले ओरालो लागेको छ । त्यस्तै, नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ ।

बिहीबारको बजारमा ९२ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस मध्ये नागरिक लगानी कोषको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ हजार ७३० रुपैयाँ रहेको छ । बजारमा १६१ कम्पनीको २० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ ।

त्यस्ते, समूह परिसूचका आधारमा उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ ।

बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य ९.७८ प्रतिशतले घटेको छ । त्यस्तै, लक्ष्मी भ्यालू फण्ड १को पनि ९.५६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार यस फण्डको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ रहेको छ ।

Share News