सिद्धार्थ बैंकको साढे २ लाख कित्ता सेयर लिलामीमा, भदौ ६ देखि आवदेन खुला

<p>काठमाडौं । सिद्धार्थ बैंकले २ लाख ५३ हजार ९ सय २२ कित्ता सेयरको लिलामीबाट विक्री गर्ने भएको छ । यो बैंकले गत जेठ २५ देखि असार ८ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपारेका र विक्री हुन बाँकी सेयरलाई लिलामीमा बेच्ने भएको छ । यो बैंकले संस्थापकतर्फको १३ हजार ५५० र सर्वसाधारणतर्फको २ लाख [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले २ लाख ५३ हजार ९ सय २२ कित्ता सेयरको लिलामीबाट विक्री गर्ने भएको छ ।

यो बैंकले गत जेठ २५ देखि असार ८ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपारेका र विक्री हुन बाँकी सेयरलाई लिलामीमा बेच्ने भएको छ ।

यो बैंकले संस्थापकतर्फको १३ हजार ५५० र सर्वसाधारणतर्फको २ लाख ४० हजार ३१७ कित्ता सेयरको न्युनतम १ सय रुपैयाँ तोकेर बोलकबोलबाट सेयर विक्री गर्ने भएको छ ।

यसको सेयर खरिद गर्न यही भदौ ६ देखि १४ गतेभित्रै आवदेन दिनुपर्ने उल्लेख छ । यसको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

Share News