खाना खादै गर्दा समातेको कुमारीका सिइओको बयान, प्रहरी भन्छ -होइन

<p>१४ फागुन । महानगरीय प्रहरी प्रभाग बानेश्वरमा रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले आफू खाना खान थकाली रेष्टुरेन्ट गएको समयमा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई सो बयान दिएर अनावश्यक दुख नदिन भन्दै चाढो रिहाइ गर्न पनि माग गरेका छन् । ‘थकाली खाना खानको लागि गएको समयमा प्रहरीले मलाई पक्राउ [&hellip;]</p>

१४ फागुन । महानगरीय प्रहरी प्रभाग बानेश्वरमा रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायले आफू खाना खान थकाली रेष्टुरेन्ट गएको समयमा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । उनले प्रहरीलाई सो बयान दिएर अनावश्यक दुख नदिन भन्दै चाढो रिहाइ गर्न पनि माग गरेका छन् ।
‘थकाली खाना खानको लागि गएको समयमा प्रहरीले मलाई पक्राउ गरेको भन्ने बयान दिनुभएको छ,’ महानगरीय प्रहरी प्रभाग बानेश्वरका एक अधिकारीले भने– पदीय मर्यादा पनि विचार गर्नुपर्ने भएकोले मिलाएर चाढै छोड्ने तयारी गर्दैछौं ।
प्रहरीले उनलाई ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरेको थियो । प्रहरीले औपचारिक रुपमा पक्राउको कारण खुलाएको छैन । उनको साथमा अर्काे एक जना पनि भएको प्रहरीको दाबी छ ।
‘उहाँले जस्तो दाबी गरिरहनु भएको छ, त्यो हुदैहोइन,’ ती प्रहरी अधिकारीले भने– हामीले प्रमाण सहित नै भेटेको भएपनि उहाँको पदीय मर्यादा पनि विचार गर्नुपर्ने अवस्था आएको छ । उपाध्यायलाई चाढै रिहा गरिने प्रहरीको भनाइ छ ।

Share News