काठमाडौं । नेसनल हाइड्रोपावर लिमिटेडको कार्यकारी अध्यक्षमा पुनः कुमार पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले पाण्डेलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसअघि उनी बोर्ड अध्यक्ष मात्र भएकोमा शनिबारदेखि उनले कार्यकारीको पनि जिम्मेबारी पाएका छन् ।
४ वर्षअघि कम्पनीको अध्यक्ष भएका पाण्डेले नेसनलमा धेरै सुधारका काम गरेका छन् । विकास न्युजसंग कुरा गर्दे उनले नेसनललाई आर्थिक रुपमा मजवुत बनाएर लगानीकर्तालाई प्रतिफल दिने योजना रहेको सुनाए ।