काठमाडौं । स्वदेशी लघुवित्त संस्थाले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।