सेयर दलाल र मर्चेन्ट बैंकर सुपरिवेक्षण दिग्दर्शन आयो, यस्ता छन् आधा दर्जन विशेषता

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको सुपरिवेक्षण दिग्दर्शन, २०७४ लागु गरेको छ । बोर्डले भदौं ४ गतेदेखि लागु हुने गर दिग्दर्शन लागु गरेको हो । यसले सेयर बजारको सुपरिवेक्षणलाई थप प्रभावकारी, व्यवस्थित र अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप बनाउन सघाउने बोर्डका निर्देशक डा. नबराज अधिकारीले बताए । दिग्दर्शनले गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रकृया, सुपरिवेक्षण कर्ताको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको सुपरिवेक्षण दिग्दर्शन, २०७४ लागु गरेको छ । बोर्डले भदौं ४ गतेदेखि लागु हुने गर दिग्दर्शन लागु गरेको हो । यसले सेयर बजारको सुपरिवेक्षणलाई थप प्रभावकारी, व्यवस्थित र अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप बनाउन सघाउने बोर्डका निर्देशक डा. नबराज अधिकारीले बताए ।

दिग्दर्शनले गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रकृया, सुपरिवेक्षण कर्ताको जिम्मेवारी, काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता समेत समेटेको छ । दिग्दर्शनले धितोपत्र व्यवसायीकोहरुको ऐन, नियम पालनाको अवस्थामा सुधार आई संस्थागत सुशासन सुदृढ हुने र समष्टिगतमा धितोपत्र व्यवसायीहरुको सेवाप्रवाहमा प्रभावकारिता आउने विश्वास पनि बोर्डले लिएको डा. अधिकारीले बताए ।

यस अघि नै बोर्डले आश्वा प्रणाली लागु गर्नेदेखि धितोपत्र व्यवसायी(मर्चेन्ट बैङ्कर) (पहिलो संशोधन) नियमावली, २०७४बाट मर्चेन्ट बैंकरको कार्य क्षेत्र विस्तारको काम गरिसकेको थियो ।

यस्ता छन दिग्दर्शनका बिशेषताहरु
१) धितोपत्र व्यवसायीको सुपरिवेक्षण स्थलगत र गैरस्थलगत रुपमा नियमित गर्ने व्यवस्था गरिएको ।
२) धितोपत्र व्यवसायीको सुपरिवेक्षणका कार्यगत उदेश्यहरु तोकिएको ।
३) जोखिममा आधारित सुपरिवेक्षणमा जोड दिइएको,
४) धितोपत्र व्यवसायीको नियमितरुपमा सुपरिवेक्षण गरिने व्यवस्था गरिएको ।
५) धितोपत्र व्यवसायीको हिसाव किताव तथा लेखा, नियमनकारी निकायले तोकेका वित्तिय विवरणहरु तथा प्रतिवेदनको अवस्था, धितोपत्र व्यवसायीहरुले धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालनको अवस्था, धितोपत्र व्यवसायीको काम कारवाहीको अवस्था, ग्राहक पहिचान विवरण, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी विवरणको रिर्पोिटङ्गको अवस्था, कारोबार प्रणाली, भौतिक पूर्वाधार एवं जनशक्तिको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली जस्ता विषयहरुको सुपरिवेक्षणमा जोड दिइएको ।
६) सुपरिवेक्षकका काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता सम्बन्धी व्यवस्था समेत गरिएको ।

Share News