कुबेर मर्चेन्टको नाम परिवर्तन, सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट कारोबार गर्ने

<p>काठमाडौं । कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको नाम परिवर्तन भएको छ । फाइनान्सले अाफ्नाे कम्पनीकाे नाम परिवर्तन गरि सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ । नाम परिवर्तन सम्बन्धि कम्पनीको प्रस्तावलाई भदौ ४ गते सम्पन्न फाइनान्सको ११औं वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, उक्त सभामा आर्थिक वर्ष २०७२/०७३ को [&hellip;]</p>

काठमाडौं । कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको नाम परिवर्तन भएको छ । फाइनान्सले अाफ्नाे कम्पनीकाे नाम परिवर्तन गरि सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेडबाट सेयर लगायत सम्पूर्ण कारोबार गर्ने भएको छ ।

नाम परिवर्तन सम्बन्धि कम्पनीको प्रस्तावलाई भदौ ४ गते सम्पन्न फाइनान्सको ११औं वार्षिक साधारण सभाले पारित गरेको हो । साथै, उक्त सभामा आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन र प्रबन्ध पत्र तथा नियमावलीको संशोधन जस्ता प्रस्तावहरु पारित भएको कम्पनीका सचिव एवं प्रमुख कार्यकारी अधिकृत(सिईओ) गोपाल घिमिरेले जानकारी दिए । उक्त अवसरमा सभाका निर्णयहरु नियामक निकायहरुको स्वीकृति पछि लागू हुने घिमिरेले बताए ।

कम्पनीको ११औं वार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन पनि रहेकोमा नयाँ लगानीकर्ता समेतको प्रतिनिधित्व गर्दै चन्द्र टण्डन र सन्दिप शर्मा नयाँ संचालक सदस्यमा निर्वाचित भएको जानकारी पनि घिमिरेले दिए ।
संचालक पदमा निर्वाचित भए पश्चात् शेयर सदस्यहरुको जिज्ञासा मेटाउने क्रममा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने कम्पनीले जनाएको छ ।

साथै साधारण सभा सम्पन्न पश्चात बसेको संचालक समितिको २५० औं बैठकले चन्द्र टण्डनलाई अध्यक्षमा चयन गरेको छ । संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने पनि टण्डनले जानकारी गराए ।

Share News