काठमाडौं । आइतबार मात्रै तीन कम्पनीको दुई करोड सात लाख बढी कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । एकै दिन एसबिआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
आइतबार सूचिकृत मध्ये सबैभन्दा बढी एसबिआई बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । सो बैंकको एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सूचिकृत भएको हो ।
त्यस्तै, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको एक लाख ७ हजार ९४९ कित्ता र ज्योति विकास बैंकको ७ लाख ७२ हजार ०४७ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ ।