नेप्सेमा ८१ करोडको सेयर कारोबार, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

<p>काठमाडौं । आइतबार नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा ८१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएकोे छ । नेप्से पनि ४ दशमलब ५१ अंकले उकालो लागेर १६२२ अंकमा पुगेको छ । [&hellip;]</p>

काठमाडौं । आइतबार नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा ८१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ ।

सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएकोे छ । नेप्से पनि ४ दशमलब ५१ अंकले उकालो लागेर १६२२ अंकमा पुगेको छ ।

सो दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । एकै दिन बैंकको ५ करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि बैंकको सेयर कारोबार बढी भएको हो ।

त्यस्तै, बजारमा ५ कम्पनीका लागानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.९७ र हिमालयन डिष्टीलरीको ९.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बजारमा उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः१२ र ११ अंकले उकालो लागेका छन् । उता बीमा, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३४, १ र ६ अंकले ओरालो लागेका छन् ।

Share News