काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीलाई वार्षिक नविकरण शूल्क बुझाउन निर्देशन दिएको छ । चालु आवको वार्षिक सूचिकरण नविकरण शूल्क प्रत्येक आवको आश्विन मसान्तसम्ममा बुझाउने पर्ने नियम अनुसार बोर्डले निर्देशन दिएको हो ।
सूचिकृत कम्पनीले आफ्नो चुक्ता पुँजी अनुसार वार्षिक सूचिकरण नविकरण शूल्क बोर्डले तोकेकै समयमै काठमाडौंको ग्लोबल आईएमई बैंकको खाता नं ७५०१०१००००७७५ मा जम्मा गर्न सक्नेछन् । साथै, कम्पनीले यस बैंकको जुनसुकै शाखा कार्यालयहरुमा जम्मा गरी सक्कल बैंक भौचर तत्काल पठाउन सक्ने बोर्डले जनाएको छ ।
नेप्सेमा सूचिकृत कम्पनीले बोर्डले तोकेको समय भित्र नविकरण शूल्क नबुझाएमा सोही कम्पनीको सेयर कारोबार रोकिने नेप्सेले जनाएको छ ।
बुझाउनु पर्ने शूल्क: