सेयर बजारमा ९ अंकको गिरावट, ९० करोड ९३ लाखको सेयर कारोबार

<p>काठमाडौं । सोमबारको सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार ९.४१ अंकले ओरालो लागेर १६१२ अंकमा पुगेको छ । बजारमा ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा ८१ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार ९.४१ अंकले ओरालो लागेर १६१२ अंकमा पुगेको छ ।

बजारमा ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकको ६ करोढ रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको ९.९९, हिमालयन डिष्टीलरीको ९.९६ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

आइतबार उत्पादनमूलक र विकास बैंक समूहको परिसूचक क्रमशः २७ र ६ अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचकम भने ४५ अंकले ओरालो लागेको छ । त्यस्तै, सोमबार कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

Share News