सिविआईएल क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने, आइपीओ जारी गर्ने प्रकृयामा

<p>काठमाडौं । सिविआईएल क्यापिटलले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको कम्पनीको एघारौं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई  पारित गरेको हो । साथै, सोही सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोड रुपैयाँलाई शतप्रतिशत वृद्धि गर्ने भएको छ । सो प्रयोजनको निमित्त २० प्रतिशत सेयरलाई सार्वजनिक [&hellip;]</p>

काठमाडौं । सिविआईएल क्यापिटलले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको कम्पनीको एघारौं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई  पारित गरेको हो ।

साथै, सोही सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोड रुपैयाँलाई शतप्रतिशत वृद्धि गर्ने भएको छ । सो प्रयोजनको निमित्त २० प्रतिशत सेयरलाई सार्वजनिक निष्कासन(आइपीओ) गर्ने प्रकृया अघि बढाउने साभाले जानकारी गराएको छ ।

त्यस्तै, साभाले सो मात्राको सेयर निष्कासन गरे पश्चात कम्पनीको संस्थापक समूहको ८० प्रतिशत तथा सर्वसाधारण समूहमा २० प्रतिशत स्वामित्व कायम रहने गरी कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ ।

सिविआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि-म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरिसकेको छ ।

Share News