काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन एनआईसी एसिया बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर पछिको र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले एनआईसी एसिया बैंककोे २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ४६५ रुपैयाँ रहने भएको छ ।
त्यस्तै, नेप्सेले नेपाल इन्स्योरेन्सको पनि ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४२४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ८८६ रुपैयाँ रहने भएको छ ।
त्यसैगरी आरएसडिसीको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ११०७ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ७४५ रुपैयाँ रहने भएको छ ।