काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा आएको बाढी र डुबानपछि बीमा कम्पनीहरुमा पौने २ अर्बको दावी परेको छ । बीमा समितिका अनुसार १५ वटा निर्जीबन बीमा कम्पनीहरुमा ५३० वटाको संख्यामा एक अर्ब ८१ करोड ९ लाख ६७ हजार ८ सय १५ रुपैंयाको दावी परेको हो ।
प्रभु इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले भने दावीको विवरण अझै बुझाएका छैनन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार अग्नी, मोटर र इञ्जिनियरिङ तर्फ ४६० वटा संख्याका लागि एक अर्ब ७५ करोड ३९ लाख ३ हजार २ सय १५ रुपैंयाँको दावी परेको छ । त्यस्तै, बाली तथा पशुधन तर्फ ७० वटाको संख्यामा ५ करोड ७० लाख ६६ हजार ६ सय रुपैंयाँको दावी परेको छ ।
सबै भन्दा धेरै नेशनल इन्स्योरेन्स कम्पनीमा ५६ करोड ८४ लाखको दावी परेको छ भने सबै भन्दा थोरै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा २२ लाखको मात्रै दावी परेको छ ।
कुन बीमा कम्पनीमा कति पर्यो दावी ?
