नेको इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर दिने, असोज १० गते साधारणसभा गर्ने

<p>काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो । नियाम निकायबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । नेकोले गत आवमा ७ [&hellip;]</p>

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको ३३५ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई सो लाभाँश दिन निर्णय गरेको हो ।

नियाम निकायबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।
नेकोले गत आवमा ७ करोड १२ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने छ । कम्पनीले असोज १० गते २२ औ वार्षिक साधारणसभा बोलाएको छ । यस्तै चुक्तापुँजी बढाउन कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

 

Share News