काठमाडौं । एनआइसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरि सुरु गरेको छ । ग्राहकले अत्याधिक रुचाएकाले यो योजना पुन सुरु गरेको बैंकले जानकारी दिएको छ ।

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ दिनमा नै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा सुरु गरेको हो । बैंकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ ।
यो कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।