काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से ११.९४ अंकले बढेर १५६६.५० अंकमा पुगेको हो । सो दिन १६४ कम्पनीको सेयर ८३ करोडमा किनबेच भएको हो ।
बुधबार म्यानुफ्याक्चरिङ बाहेकका सबै समुहको सूचक उकालो लागेका छन् । बैंक समुह ११.८१ अंकले बढेको छ भने इन्स्योरेन्स समुह ५५.२५ र विकास बैंक समुह २०.६९ अंकले बढेको छ । होटल समहु २२.०३ अंकले बढ्दा उत्पादन मुलक समुह भने ४८.०२ अंकले घटेको देखिन्छ ।
बैंकहरुले सेयर धितोमा कर्जा दिने सूचना निकालेपछि सेयर बजारमा सकारात्मक संकेत देखा परेको हो । यति बेला बैंकहरुले सेयर धितो राखेर ऋण लिनका लागि आव्हान गरिरहेका छन् ।
