काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानो श्री, बर्दियाले बाढीका कारण प्रभावित भएका आफ्ना सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । खाद्यान्न प्राप्त गरेपछि दुःखको बेला वित्तीय संस्थाको राहतले आफुहरुलाई खुसी बनाएको सदस्य अमृता थापाले बताए ।

सदस्यहरुको दुःखको बेला संस्थाको तर्फबाट राहतवितरण गर्न पाउँदा सन्तुष्टि प्राप्त भएको शाखा प्रबन्धक सुमन पाण्डले जानकारी दिए ।