कामना सेवा विकास बैंकको असोज २४ गते बुक क्लोज, विशेष साधारणसभामा जाँदै

<p>काठमाडौं । कामना सेवा विकास बैंकको अगामी असोज २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनी अगामी कात्तिक १ गते विशेष साधारणसभामा जाँदै छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्ने [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकको अगामी असोज २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनी अगामी कात्तिक १ गते विशेष साधारणसभामा जाँदै छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त हकप्रद सेयर पारित गर्ने प्रयोजनको लागि बैंकले कात्तिक १ गते विशेष साधारणसभा बोलाएको हाे।

हाल बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड २७ लाख रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्छ । कामना र सेवा हालसालै मर्जरमा गएका हुन् ।

Share News