काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले मंगलबारदेखि तीन दिन थ्राइभ ब्रोकेरेज हाउस प्रा.लिको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र बोर्डलाई नियमन शुल्क नबुझाएको कारणले नेप्सेले उक्त हाउसकोे कारोबार रोक्का गरेको हो ।
बोर्डलाई गत वर्षको शुल्क तिरेपछि मात्र यस ब्रोकेरेज हाउस कारोबार खुला हुने छ ।