काठमाडौं । एभरेष्ट बैंकले जारी गरेर बाँकी रहेको हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले बिक्री हुन बाँकी ३५ हजार ८४१ कित्ता हकप्रद बिक्रीका लागि मंगलबार बोलपत्र आब्हान गरेको हो ।
बैंकले बोलपत्रद्धारा बिक्री गरिने सेयर आगामी असोज २० गतेदेखि असोज २७ गतेसम्म खुल्ला गर्ने भएको छ । इच्छुक लगानीकर्ताले असोज २७ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडमा आवेदन पेश गर्न सक्नेछन् ।
बैंकले चुक्तापुँजी बढाउन गत असार १८ गतेदेखि साउन २२ गतेसम्म हकप्रद निश्कासन गरेको थियो । त्यसबेला बिक्री नभएपछि बैंकले लिलामी प्रक्रियाबाट हकप्रद बिक्री गर्न लागेको हो ।