काठमाडौं । नेरुडे लघुवित्त विकास बैंकले चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले बोनस सेयरको कर सहित ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।