विद्यासुन्दर शाक्यले भने- ‘पुरातत्वकै सल्लाहमा बागदरबार भवन भत्काउने निर्णय भयो’

<p>काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बागदरबार परिषरभित्रको भवन भत्काई नयाँ भवन बनाउने भएका छन् । शाक्यले पुरातत्व विभागकै सल्लाह अनुसार भवन निर्माणको प्रक्रिया अगाडी बढाइएको दाबी गरेका छन् । महानगरपालिकाले निर्माण गर्ने भनिएको भवन &#8216;ऐतिहासिक बागदरबार&#8217; नभई बागदरबार परिसरभित्र रहेको &#8216;हरि भवन&#8217; र ऐतिहासिक दरबार नभएको शाक्यले बताए । &#8216;यसमा प्रयोग गरिएका ईट्टाहरुमा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बागदरबार परिषरभित्रको भवन भत्काई नयाँ भवन बनाउने भएका छन् । शाक्यले पुरातत्व विभागकै सल्लाह अनुसार भवन निर्माणको प्रक्रिया अगाडी बढाइएको दाबी गरेका छन् ।

महानगरपालिकाले निर्माण गर्ने भनिएको भवन ‘ऐतिहासिक बागदरबार’ नभई बागदरबार परिसरभित्र रहेको ‘हरि भवन’ र ऐतिहासिक दरबार नभएको शाक्यले बताए ।

‘यसमा प्रयोग गरिएका ईट्टाहरुमा श्री ३ जुद्द शमशेरले १९९१ लेखिएकाले यो भवन १९९० पछिनै बनेको प्रमाण छ,’ उनले भने, ‘हालको भवन ९० सालको भुकम्पपछि पुरानो दरबार रहेको जगमा नभई नयाँ स्थानमा निर्माण भएको छ ।’

पुरातत्व विभागले ‘महानगरपालिकाका प्रमुख कारबाही गर्ने’ भन्ने समाचार तथ्यहिन रहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले पुरातत्वकै सल्लाह अनुसार काम अघि बढाएका हौं । बाहिर आएका कुरा तथ्यहिन छन् ।’

महानगरपालिका आफ्नै भवन अभावमा जेडी कम्प्लेक्समा भाडाको कोठामा सञ्चालन गरिरहेको छ । स्थानिय तहलाई संविधानले प्रदान गरेको जिम्मेवारी पुरा गर्न सुविधा सम्पन्न र व्यवस्थित केन्द्रिय प्रशासनिक भवन बनाउनु अत्यन्त आवश्यक रहेको शाक्यले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम महानगरपालिका क्षेत्र भित्र प्रचलित मापदण्ड अनुसार भवन निर्माण गर्न अनुमती दिने अधिकार पनि स्वयम् काठमाडौं महानगरपालिकालाई दिइएको उनले प्रष्ट पारे । स्थानीय व्यवस्थापिकाको रुपमा रहेको नगर सभाले र कार्यकारीणि अंग नगर कार्यपालिकाले बागदरबारमा रहेको जिर्ण भवन भत्काई नयाँ भवन बनाउन सर्वसम्मतरुपले निर्णय गरी बजेट विनियोजन समेत गरेको उनले जानकारी दिए ।

Share News