काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नयाँ शाखा तनहूँ जिल्लाको म्याग्दे गाँउपालिका थर्पू बजारमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उक्त स्थानमा शाखाकार्यालय स्थापना गरी बुधबार एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

म्याग्दे गाँउपालिका भित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको उद्घाटन समारोहका प्रमुख अतिथि म्याग्दे गाँउपालिका प्रमुख मायादेवी रानाआले तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन् । गत २ हप्ता भित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामीण भेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नँया शाखा संचालनमा ल्याएको थियो ।
हाल यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम रहेका छन् ।