एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित

<p>काठमाडौं । एनएमबि बैंक &#8216;बैंक अफ दि ईयर २०१७&#8217; द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाणका साथै बैंकले विगतका केही वर्षहरुमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ ।

उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाणका साथै बैंकले विगतका केही वर्षहरुमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो ।

एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ ।

हालै लण्डनमा आयोजित अवार्ड वितरण समारोहमा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रुपमा उक्त सम्मान ग्रहण गरेका छन् ।

बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्ड अनुसार उत्कृष्ट ठहर भएका बैंकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, शेयरहोल्डरहरुको मुल्य मान्यता, सेवाग्राहीहरुको सक्रियता लगायत अन्य माणकहरुका आधारमा विजेताको छनोट गर्ने गरिन्छ ।

Share News