मुस्ताङ, मनाङ र रुकुममा पहिलो चुनावको मतगणना सकियो, ललितपूरमा भर्खरै सुरु (पछिल्लो अपडेट)

<p>काठमाडौं । मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भएको छ । यी तीन जिल्लामा मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । यद्यपी विजयीहरुको पूर्ण विवरण आयोगलाई औपचारिकरुपमा प्राप्त भइसकेको छैन । ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सुरु भएको आयोगले जानकारी दिएको छ । विहीबार सम्पन्न [&hellip;]</p>

काठमाडौं । मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भएको छ । यी तीन जिल्लामा मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । यद्यपी विजयीहरुको पूर्ण विवरण आयोगलाई औपचारिकरुपमा प्राप्त भइसकेको छैन । ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना सुरु भएको आयोगले जानकारी दिएको छ ।

File Photo

विहीबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना सुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम सुरु भइसकेको छ ।

काठमाडौं उपत्यकाको अवस्था :

दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकाको  ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य सुरु भइसकेको र क्षेत्र नं. १ को मतगणना सुरु गर्ने तयारी हुँदैछ । त्यसैगरी, काठमाडौं तथा भक्तपुर जिल्लाका मतपेटिका संकलन भइसकेकाले केही बेरमै मतगणना सुरु हुने जानकारी आयोगलाई प्राप्त भएको छ ।

गतिविधी 

यसैगरी, मंसिर २१ गते बिहीबार ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचनका अधिकांश मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान १० बजे प्राप्त जानकारीअनुसार, तेह्रथुम जिल्लाको ५७ मध्ये २०, सिन्धुली जिल्लाको १३७ मध्ये १८, काभ्रेपलान्चोकको १८९ मध्ये ३, नवलपरासी पूर्वको ११२ मध्ये १३, प्युठानको १५१ मध्ये ३ वटा मतपेटिका ल्याउने क्रममा छन् । त्यसैगरी, सल्यानको १११ मध्ये ३३, दैलेखको १३६ मध्ये २२, सुर्खेतको १३८ मध्ये ८, डोटीको ११५ मध्ये २२, कैलालीको २३१ मध्ये १४, डडेल्धुराको ७७ मध्ये २१ मतदान स्थलका मतपेटिकाहरु ल्याउँदै गरेको अवस्थामा छन् । अन्य मतपेटिकाहरु सदरमुकाम ल्याइसकिएको अवस्था छ ।

Share News