६ मेडिकल कलेजले डाक्टर पढ्ने विद्यार्थी पाएनन्, फेरी भर्ना खुलायो

<p>काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को कोटा अनुसार विद्यार्थीहरु भर्ना हुन नआएपछि मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका छन् । नेशनल मेडिकल कलेज वीरगंज, जानकी मेडिकल कलेज जनकपुर लगायतका मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका हुन् । आइओएमले लिएको परिक्षामा पास भएका ३ हजार ३ सय मध्ये ओपन हाउस काउन्सिलिङमा १ हजार ६ सय विद्यार्थीलाई बोलाएको थियो [&hellip;]</p>

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को कोटा अनुसार विद्यार्थीहरु भर्ना हुन नआएपछि मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका छन् । नेशनल मेडिकल कलेज वीरगंज, जानकी मेडिकल कलेज जनकपुर लगायतका मेडिकल कलेजहरुले पुन भर्ना खुलाएका हुन् ।

आइओएमले लिएको परिक्षामा पास भएका ३ हजार ३ सय मध्ये ओपन हाउस काउन्सिलिङमा १ हजार ६ सय विद्यार्थीलाई बोलाएको थियो । विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ८ मेडिकल कलेज मध्ये विद्यार्थीहरुको राोजाइमा महाराजगंज मेडिकल कलेज र सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान परेपछि बाँकी ६ वटा मेडिकल कलेजमा विद्यार्थीहरुले खासै रुचि देखाएका छैनन् ।

यसअघि खुलाएको भर्नामा नेशनल मेडिकल कजेजमा १ जना पनि भर्ना हुन नआएपछि पुन भर्ना खोलेको छ । ७२ जना कोटा रहेको जानकी मेडिकल कलेजमा पनि २ जनाले मात्र भर्ना गरेपछि पुन भर्ना खुलाएको छ । त्यसैगरी युनिभर्सल मेडिकल कलेज भैरहवामा ९० कोटा रहेकोमा २४, किष्ट मेडिकल कलेजमा ८१ कोटा मध्ये ३४, चितवन मेडिकल कलेजमा ८१ कोटा मध्ये ६२ जनाले भर्ना गरेका छन् भने ८१ जना कोटा रहेको गण्डकी मेडिकल कलेजमा ७ जनाले मात्र भर्ना गरेका छन् ।

यसअघि डिनको कार्यलयले मेडिकल कलेजहरुलाई तोकिएको मापदण्ड भन्दा बढी शुल्क असुलेको तथ्य भेटेपछि  विज्ञप्ती नै निकालेर बढी शुल्क नलिन चेतावनी दिएको थियो ।

 

Share News