तीन रोगका बिरामीले मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला, यस्तो छ कार्यविधि

<p>काठमाडौं । सरकारले मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीहलाई मासिक ५ हजार रुपैंया दिने कार्यविधि जारी गरेको छ । स्वास्थ्य सेवा विभागले कार्यविधी जारी गर्दै तीनै रोगीका पीडीतलाई मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला गरेको हो ।  कार्यविधी हेर्न यहाँ क्लिक गर्नुहोस विभागले सार्वजनिक गरेको कार्यविधी अनुसार मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका पीडीतले भत्ता पाउन [&hellip;]</p>

काठमाडौं । सरकारले मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीहलाई मासिक ५ हजार रुपैंया दिने कार्यविधि जारी गरेको छ । स्वास्थ्य सेवा विभागले कार्यविधी जारी गर्दै तीनै रोगीका पीडीतलाई मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला गरेको हो ।  कार्यविधी हेर्न यहाँ क्लिक गर्नुहोस

विभागले सार्वजनिक गरेको कार्यविधी अनुसार मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका पीडीतले भत्ता पाउन सम्बन्धित रोगको डाक्टरको सिफारिस लिनु पर्नेछ । मृगौलाका बिरामीले मृगौला प्रत्यारोपण गर्नु पर्ने भनी चिकित्सकले प्रदान गरेको कागज वा मृगौला प्रत्यारोपण गरी बेरोजगार भई काम गर्न असमर्थ रहेका व्यक्तिले भत्ताका लागि आवेदन दिन सक्नेछन् ।

क्यान्सर रोगीका बिरामीले नियमित आइआर्जन गर्न नसकी उपचार गराइरहेको भन्ने डाक्टरको सिफारिसको आधारमा भत्ता पाउन सक्नेछन् ।
त्यसैगरी स्पाइनल इन्जुरीका बिरामीले अस्पतालमा उपचार गराइरहेको र नियमित आइआर्जन गर्न नसक्ने भन्ने डाक्टरको सिफारिसको आधारमा भत्ताका लागि आवेदन दिन सक्दछन् ।

तर भत्ता लिनको लागि भने तीनै रोगका बिरामीले गरिबी तथा विपन्न नागरीकको प्रमाण पत्र लिएको हुनुपर्नेछ । यसअघि सरकारले ०७४ पुुस २८ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार तीनै रोगका बिरामीलाई जिवन सहज बनाउन भन्दै मासिक ५ हजार दिने निर्णय गरेको थियो ।

यसैगरी वितरण गरिने भत्ता रकम सरकारले स्वास्थ्य कर कोषमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको अन्तशुल्क कर बढाई आर्थिक स्रोतको व्यावस्था गर्ने भएको छ ।

Share News